सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति
मङ्गलबार, २५ कात्तिक २०८२, १८ : १५
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनासम्म रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को स्वीकृति प्रक्रिया सुरु गरेको छ ।
कर्मचारी आन्दोलन रोकिएसँगै बोर्डको कामकारबाही सुचारु भएको हो । काम सुरु भएसँगै लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूका लागि आईपीओ निष्काशन सुरु भएको छ ।
मङ्गलबार सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण