हायात होटलले निकाल्यो सबै कर्मचारी
काठमाडौँ । हायात होटलले सम्पूर्ण कर्मचारीलाई कामबाट निष्काशन गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकामा होटलमा क्षति भएको थियो ।
होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नु पर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरूलाई काममा लगाउन समेत होटल असमर्थ रहेको भन्दै सम्पूर्ण कर्मचारीहरूलाई कामबाट निकालिएको हो ।
मंसिर २२ गते देखि लागु हुने गरी श्रम ऐन २०७४ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरेको हो ।
मंगलबार राती सूचना जारी गर्दै हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले होटलमा कार्यरत १३३ जनालाई कटौती गर्ने निर्णय गरेको बताए ।
श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरूको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल समेत गर्दा कुनै निष्कर्षमा पुग्न नसकिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण