कञ्चनपुरको दैजीमा बेवारिसे शव फेला
मङ्गलबार, २५ कात्तिक २०८२, २२ : ५४
सारांश
- कञ्चनपुरको बेदकोट नगरपालिकामा एक बेवारिसे पुरुषको शव फेला परेको छ।
- मृतकको पहिचान हुन सकेको छैन र शव सडेगलेको अवस्थामा फेला परेको हो।
- प्रहरीले शव परीक्षणका लागि पठाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र मंगलबार (आज) दिउँसो एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नामथर र वतन नखुलेको करिब ३० वर्षको पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
स्थानीय बासिन्दाले होम पाइपबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले शव बरामद गरी परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएको थियो । प्रहरीका अनुसार शवको पहिचान अहिलेसम्म हुन सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण