सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
बुधबार, २६ कात्तिक २०८२, ०७ : १८
सारांश
- इच्छाकामना गाउँपालिका-२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भयो।
- दुर्घटनामा दुई जना घाइते भए, उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ।
- प्रहरीले जिप चालक विकास प्रजालाई नियन्त्रणमा लिएको छ।
चितवन । इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार मङ्गलबार साँझ फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटना हुँदा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।
दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयका छात्रहरुको सोचाइमा परिवर्तन
-
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
-
महाधिवेशनमा प्रविधि प्रयोगमा एमाले अगाडि, किन चुक्यो रास्वपा ?
-
लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
-
६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
-
दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण