अस्पतालबाट घर फर्किए धर्मेन्द्र
बुधबार, २६ कात्तिक २०८२, ०९ : ४३
सारांश
- बलिउड अभिनेता धर्मेन्द्र स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए।
- उपचारपछि धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन्।
- परिवारको आग्रहमा घरमै उपचार गर्ने योजनाका साथ उनलाई डिस्चार्ज गरिएको हो।
मुम्बई । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई केही दिनअघि ब्रीच केन्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
अस्पतालका चिकित्सक प्रतीत समदानीका अनुसार धर्मेन्द्रलाई बिहान साढे सातबजे डिस्चार्ज गरिएको हो ।
परिवारकै आग्रहमा अस्पतालबाट डिस्चार्ज गरिएको डा. समदानीले जानकारी दिए । उनका अनुसार परिवारले घरमै राखेर उपचार गराउन चाहेका कारण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
धर्मेन्द्रको घर आसपासको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । भिड जम्मा हुन सक्ने र अनियन्त्रित हुन सक्ने भन्दै उनको घर बाहिर सुरक्षाकर्मीले घेराबन्दी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण