मैथिली भाषाको सबैभन्दा महँगो फिल्म ‘प्रेमक बसात’

काठमाडौ– अहिलेसम्मकै सबभन्दा महँगा मैथिली फिल्म ‘प्रेमक बसात’ को निर्माण सम्पन्न भई रिजिलको तयारीमा पुगेको छ । एक करोड रुपैयाँको लगानी सम्पन्न भएको सो फिल्म अगामी महिना नेपालमा रिलिज हुँदैछ । भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित फिल्म हो । हिन्दु मुस्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित बनेको यो फिल्मलाई वेदान्त झाले निर्माण गरेका छन् ।
यस फिल्मका लेखक रुपक सरर हुन् भने संगित सरोज सुमन, प्रवेश मल्लिक, एस.कुमारको रहेको छ । यस फिल्ममा इन्टरनेशनल रन वे मोडेल पियुश कर्ण नायक रहेका छन् । उनी नेपालका हुन् । यस फिल्मका नायिका रैना वेनर्जी हुन् । उनी भारत कलकत्ताकी हुन् ।
यस फिल्ममा आइटम डान्स नम्रता अधिकारीले दिएकी छिन् । उच्च आधुनिक प्रविधिबाट निर्माण भएको यो फिल्म भारत, नेपाल, दुवई, कतार, अष्ट्रेलियामा रिलिज हुनेछ । आफू नेपालकै भएका कारणले शुरुमा यहीबाट रिलिज गर्ने तयारीमा रहेको नायक कर्णले बताए । भारतमा दशैं वरिपरि रिलिज हुने भने अन्य ठाउँमा पनि छुट्टा छुट्टै समयमा रिलिज गर्ने तयारी भइरहेको बताए ।
नेपाल र भारतमै सबभन्दा बढी लगानीमा निर्माण भएको यो मैथिली फिल्मको टे«लर र म्युजिक आज नेपालमा सार्वजनिक हुँदैछ । कर्णका अनुसार काठमाडौमा एक कार्यक्रमबीच आज यसको ट्रेलर र म्युजिक सार्वजनिक गर्न लागेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
-
मातापितालाई सोध्नोस्
-
तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत
-
मधेसी समाजले मनायो कतारमा बकर इद
-
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त