मैथिली भाषाको सबैभन्दा महँगो फिल्म ‘प्रेमक बसात’
काठमाडौ– अहिलेसम्मकै सबभन्दा महँगा मैथिली फिल्म ‘प्रेमक बसात’ को निर्माण सम्पन्न भई रिजिलको तयारीमा पुगेको छ । एक करोड रुपैयाँको लगानी सम्पन्न भएको सो फिल्म अगामी महिना नेपालमा रिलिज हुँदैछ । भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित फिल्म हो । हिन्दु मुस्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित बनेको यो फिल्मलाई वेदान्त झाले निर्माण गरेका छन् ।
यस फिल्मका लेखक रुपक सरर हुन् भने संगित सरोज सुमन, प्रवेश मल्लिक, एस.कुमारको रहेको छ । यस फिल्ममा इन्टरनेशनल रन वे मोडेल पियुश कर्ण नायक रहेका छन् । उनी नेपालका हुन् । यस फिल्मका नायिका रैना वेनर्जी हुन् । उनी भारत कलकत्ताकी हुन् ।
यस फिल्ममा आइटम डान्स नम्रता अधिकारीले दिएकी छिन् । उच्च आधुनिक प्रविधिबाट निर्माण भएको यो फिल्म भारत, नेपाल, दुवई, कतार, अष्ट्रेलियामा रिलिज हुनेछ । आफू नेपालकै भएका कारणले शुरुमा यहीबाट रिलिज गर्ने तयारीमा रहेको नायक कर्णले बताए । भारतमा दशैं वरिपरि रिलिज हुने भने अन्य ठाउँमा पनि छुट्टा छुट्टै समयमा रिलिज गर्ने तयारी भइरहेको बताए ।
नेपाल र भारतमै सबभन्दा बढी लगानीमा निर्माण भएको यो मैथिली फिल्मको टे«लर र म्युजिक आज नेपालमा सार्वजनिक हुँदैछ । कर्णका अनुसार काठमाडौमा एक कार्यक्रमबीच आज यसको ट्रेलर र म्युजिक सार्वजनिक गर्न लागेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण