अपडेट
गृहमन्त्रीसँगको वार्तामा दुर्गा प्रसाईं अनुपस्थित
बुधबार, २६ कात्तिक २०८२, ११ : १५
सारांश
- सरकारले दुर्गा प्रसाईं नेतृत्वको महाअभियानसँग वार्ता गर्दैछ।
- महाअभियानका सदस्यहरू गृह मन्त्रालय पुगेका छन्।
- संयोजक दुर्गा प्रसाईं भने वार्तामा सहभागी छैनन्।
काठमाडौँ । सरकारले बुधबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग वार्ता थालेको छ ।
वार्ताका लागि महाअभियानका सदस्यहरू गृह मन्त्रालय पुगेका छन् । केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा सो अभियानका टिम मन्त्रालय पुगेका हुन् ।
तर, गृहमन्त्री ओमप्रकाश अर्यालसँगको वार्तामा स्वयम् संयोजक दुर्गा प्रसाईं भने गएका छैनन् ।
महाअभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको आन्दोलनका विषयमा वार्ता हुन लागेको हो । यसअघि नै मन्त्रालयले प्रसाईंको समूहलाई वार्तामा बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण