एच–१बी भिसामा नरम भएका हुन् ट्रम्प ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिमा लचिलो देखिएका छन्, दक्ष कामदारको आवश्यकता रहेको बताए।
- उनले देशको उद्योग र प्रविधिलाई अगाडि बढाउन दक्ष कामदार आवश्यक रहेको स्वीकार गरे।
- ट्रम्पले एच-१बी भिसा शुल्क बढाउने निर्णय गरे पनि, पहिले नै भिसा पाएकाहरूलाई यसले असर नगर्ने बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो आप्रवासीबारे कट्टरपन्थी अडानमा केही लचिलो बनेका छन् । अघिल्ला अडानहरूबाट पछि हट्दै देशलाई दक्ष विदेशी कामदारको आवश्यकता रहेको उनले बताएका छन् ।
अमेरिकाले लामो समयदेखि बेरोजगार बसिरहेका व्यक्तिहरूमा मात्र भर परेर आफ्नो उद्योग र प्रविधिलाई अगाडि बढाउन नसक्ने पनि उनले स्वीकार गरेका छन् । अमेरिकालाई उसको उद्योग र रक्षा क्षेत्रमा दक्ष कामदारको आवश्यकता भएको एउटा समाचार च्यानलसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका हुन् ।
‘म सहमत छु कि हामीले अमेरिकी कामदारहरूको ज्याला बढाउनुपर्छ, तर हामीले प्रतिभालाई पनि आकर्षित गर्न आवश्यक छ । अमेरिकालाई विश्वमा अगाडि राख्न पनि यो जरुरी छ’ उनले भने ।
यस अघि ट्रम्पले सेप्टेम्बरमा एक आदेशमा हस्ताक्षर गरेर एच–१बी भिसा आवेदन शुल्कमा उल्लेखनीय वृद्धिको घोषणा गरेका थिए । नयाँ भिसाको शुल्क यस अघिको १ हजार ५०० डलरबाट बढाएर १ लाख डलर पुर्याइनेछ ।
यो नियम सेप्टेम्बर २१ पछि दायर गरिएका सबै नयाँ आवेदन वा २०२६ भिसा लटरीमा भाग लिनेका लागि लागू हुनेछ । तर, पहिले नै भिसा पाइसकेका वा पहिले नै आवेदन पेस गरेकाहरूलाई यो नयाँ नियमले असर नगर्ने बताइएको छ ।
एक अन्तर्वार्तामा अमेरिकामा पहिले नै पर्याप्त प्रतिभाशाली व्यक्तिहरू छन् कि छैनन् भनेर सोध्दा ट्रम्पले केही सिप अमेरिकीसँग नभएको बताएका थिए । यस क्रममा बेरोजगारहरूलाई सिधै गएर ‘आउ, मिसाइल बनाउन सिक ’ भनेर भन्न नसकिने भन्दै ट्रम्पले उनीहरूलाई तालिम र अनुभव चाहिने बताएका थिए ।
ट्रम्पको पछिल्लो भनाई यस अघि उनले दिएका अभिव्यक्तिबाट पूरै फरक छ । ट्रम्पले विदेशी कामदारहरू विरुद्ध कडा नीति अपनाइरहेका छन् । आप्रवासीका कारण अमेरिकी जागिरहरू खोसिने उनको भनाइ रहँदै आएको थियो । तर अब उनी आफैँले अहिले भने देशमा धेरै क्षेत्रमा स्थानीय मानिसहरूलाई तालिम दिन वर्षौँ लाग्ने अनि त्यतिन्जेलसम्मका लागि विशेषज्ञहरू ल्याउनुपर्ने अभिव्यक्ति दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण