बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

घोराही सिमेन्टले पनि तिर्‍यो डेडिकेटेड लाइनको बक्यौता

बुधबार, २६ कात्तिक २०८२, १५ : १९
बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई घोराही सिमेन्टले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोग गरेबापत १ करोड ८१ लाख रुपैयाँ बक्यौता तिरेको छ । घोराही सिमेन्टले ५० करोड ८५ लाख तिर्न बाँकी थियो । 

प्राधिकरणका अनुसार सिमेन्टले बुधबार पहिलो किस्ता तिरेसँगै उद्योगमा लाइन जोडिएको छ । विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १५ उद्योगले बक्यौता रकम बुझाएका छन् । 

प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप