सैनामैना व्यापार संघको नवौँ साधारण सभा सम्पन्न
बुटवल । निजी क्षेत्रको सशक्तीकरण र लगानीमैत्री वातावरण निर्माणमा जोड दिँदै रुपन्देहीको सैनामैना व्यापार संघको नवौँ साधारण सभा आज सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ ।
संघका अध्यक्ष सुरेन्द्र शर्मा पौडेल उपाध्यायको अध्यक्षतामा सम्पन्न सभामा वक्ताहरूले स्थानीय आर्थिक विकास र समृद्ध सैनामैनाको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबिच सहकार्य अपरिहार्य रहेको धारणा राखेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समृद्धिको मार्ग सार्वजनिक, निजी र सहकारी क्षेत्रको सशक्त सहकार्यबाट सहज बन्ने उल्लेख गरे । ‘लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्रलाई आत्मविश्वास दिलाउने र लगानी आकर्षित गर्ने खालका योजना अघि बढाएको, लगानीको सुरक्षाका लागि पनि गम्भीर रहेको बताए ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले लगानीकर्तामा उत्साह जगाउने र निजी क्षेत्रको हकहितमा तीनै तहका सरकारको भूमिका निर्णायक हुने बताए । उनले स्थापनाको हिरक महोत्सवको अवसर पारेर चेम्बरले विशेष योजनासमेत तय गरेको भन्दै पालिकास्तरमा पनि कार्यक्रम तय गरिएको उल्लेख गरे ।
संगठन सुदृढीकरण र आत्मनिर्भरता अभियान
व्यापार संघका अध्यक्ष पौडेलले नवौँ साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनमा संघको संगठनात्मक सुदृढीकरण, आर्थिक पारदर्शिता र भविष्यका ठोस कार्ययोजनाहरू समावेश छन् । संघले सदस्यता नवीकरण नियमित गरेको, सदस्यहरूको दुर्घटना बीमा योजना निरन्तरता दिएको, वार्षिक महोत्सव, शुभकामना आदानप्रदान कार्यक्रम र लेखा अभिमुखीकरण गोष्ठीहरू सञ्चालन गरेको उल्लेख गरेका छन् ।
संघले सैनामैनामा स्थायी महोत्सवस्थल निर्माण र आफ्नै कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । यसका लागि कानुनी प्रक्रिया पूरा भइसकेको र निकट भविष्यमा भवन निर्माणको पहल अघि बढाइने अध्यक्ष सुरेन्द्र शर्मा पौडेले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
-
फिफाको नियम यूईएफएलाई अमान्य, मुख छोप्ने खेलाडीलाई रातो कार्ड नदिइने
-
क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
-
सालझन्डी–ढोरपाटन सडक : १८ वर्षमा भौतिक प्रगति ४५ प्रतिशतमा सीमित
-
किभमा रुसको भीषण हवाई आक्रमण, मृत्यु हुनेको संख्या २७ पुग्यो
-
भेनेजुएला भूकम्प: १४० टन भग्नावशेषमुनि फसेका व्यक्तिको ८ दिनपछि उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण