‘मनबिनको धन’को गीत ‘बाआमा’ सार्वजनिक
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’को गीत ‘बा आमा’ सार्वजनिक गरिएको छ ।
अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकीको संगीत तथा एरेन्ज छ । गीतको शब्द शंकर आचार्यले कोरेका हुन् ।
चलचित्रलाई दर्शकले मन पराइरहेका छन् । गायक अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा बनेको चलचित्र हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलमा देखिएका छन् ।
चलचित्रका कलाकार राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया हलमा पुगिरहेका छन् । चलचित्रमा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्धि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुलीलगायत कलाकारको अभिनय छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा चलचित्रको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहेकी छन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण