मर्मतपछि निगमको ट्वीनअटर जहाज उडानमा फर्कियो, दुर्गम क्षेत्रको यात्रा सहज हुने
सारांश
- नेपाल वायुसेवा निगमको मर्मत गरिएको ट्वीनअटर जहाजले पुनः व्यावसायिक उडान सुरु गरेको छ।
- इन्जिन मर्मतपछि जहाजले दुर्गम क्षेत्रमा उडान भर्नेछ, जसले यात्रुलाई राहत दिनेछ।
- निगमले असोज २५ गतेदेखि उडान सुरु गरेको जानकारी दिएको छ, परीक्षण उडान सफल भएको थियो।
काठमाडौँ । लामो समयदेखि मर्मतका लागि ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले पुनः व्यावसायिक उडान सुरु गरेको छ। इन्जिन मर्मत तथा वार्षिक जाँचका लागि थन्किएको जहाज सेवामा फर्किएसँगै दुर्गम क्षेत्रमा हुने हवाई उडानमा सहजता आउने भएको छ।
निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै ९एन-एबीटी कल साइनको ट्वीनअटर डीएचसी-६ जहाजले असोज २५ गतेदेखि व्यावसायिक उडान सुरु गरेको औपचारिक जानकारी दिएको हो। यो सँगै अब निगमका दुईवटा ट्वीनअटर जहाजले दुर्गम क्षेत्रमा नियमित सेवा दिनेछन्।
निगमका प्रवक्ता अनिल घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार उक्त जहाजको असोज २४ गते सफल परीक्षण उडान गरिएको थियो। परीक्षण सफल भएपछि लगत्तै व्यावसायिक उडान तालिकामा राखिएको हो।
यो जहाज सेवामा फर्किएसँगै कर्णाली, सुदूरपश्चिम लगायतका दुर्गम भेगका यात्रुहरूलाई यात्रामा राहत मिल्ने एयरलाइन्सको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण