पूर्वमुख्यमन्त्री पौडेलको घर जलाउने २ जना पक्राउ
काठमाडौँ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको घर जलाउने २ जनालाई पक्राउ गरिएको छ ।
पौडेलले दिएको उजुरीको आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउँदा आगजनीमा संलग्न २ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी तथा तोडफोड गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । सुशील पूर्वमुख्यमन्त्री पौडेलका छोरा हुन् ।
सुशीलको नाममा रहेको पूर्वमुख्मयन्त्री पौडेलको घरमा आन्दोलनका क्रममा आगजनी गरिएको थियो ।
पक्राउ पर्नेमा हेटौँडा–११ कै ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगर रहेका छन् । उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट आपराधिक उपद्रव तथा लुटपाट कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
यसैगरी आन्दोलनमा आपराधिक उपद्रव, तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।
आन्दोलनका क्रममा बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर– १ की २७ वर्षीया पुनम ठाकुर, सोही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोम बहादुर घताने रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
जेनजी आन्दोलनका क्रममा हेटौँडामा सरकारी तथा निजी सम्पत्तिमा ठुलो क्षति पुगेको थियो । भदौ २४ गते हेटौँडामा प्रदर्शनकारीको भिडले प्रदेश सरकारका संरचनालगायत व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गरेको थियो ।
प्रहरीले उक्त घटनाहरूको भिडियो फुटेजका आधारमा अनुसन्धान गरिरहेको र संलग्नहरूको पहिचान गरी पक्राउ गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण