कस्मेटिक प्रोडक्टको रिलेबलिङ गरेको पाइएपछि दुई लाख एक हजार जरिवाना
बुधबार, २६ कात्तिक २०८२, १९ : ३५
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्मेटिक प्रोडक्टको रिलेबलिङ गरेको पाइएपछि दुई लाख भन्दा बढी जरिवाना तिराएको छ ।
बजार अनुगमनमा गएको टोलीले बुधबार वस्तुमा रिलेबलिङ गरेको पाइएपछि विशाल बजारको अब्सेसन कस्मेटिकलाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै बिलबिजक नराखेको पाइएपछि लगनखेलको द क्यान कस्मेटिक र कलंकीको प्याराडाइज सर्टिङ सुटिङ प्रालिलाई २०/२० हजार रुपैयाँ जरिवाना गराएको छ ।
कलंकीको लड्डु गोपाल फूड्स प्रालिलाई अनुगमन टोलीलाई अनुगमनका क्रममा सहयोग नगरेको कारण १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले बुधबार १५ वटा पसलको अनुगमन गरेको थियो । यसमध्ये अन्य ११ वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण