युरोपेली सङ्घका प्रतिनिधिद्वारा शरणार्थी शिविरको अवलोकन
सारांश
- युरोपेली संघको टोलीले झापा र मोरङका भुटानी शरणार्थी शिविरको स्थलगत अवलोकन गरेको छ।
- टोलीले शरणार्थीहरूको अवस्था र जीवनयापनका विषयमा स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको थियो।
- दमक नगरपालिकामा भएको अन्तरक्रियामा नगर प्रमुखले शरणार्थीका समस्याबारे विचार राखे।
झापा । युरोपेली सङ्घको उच्च अधिकारीहरूको एक टोलीले पूर्वमा रहेका भुटानी शरणार्थी शिविरको स्थलगत अवलोकन गरेका छन् ।
टोलीले दमकको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा पुगेर शरणार्थीहरूको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेका हुन् ।
टोलीले भ्रमणका क्रममा तेस्रो राष्ट्र नगएर नेपालमै रहेका भुटानी शरणार्थीहरूका बारेमा चासो राखेका थिए । सो टोलीमा नेपालका लागि युरोपेली सङ्घ (इयु) की राजदूत भेरोनिक लोरेन्जो, शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) नेपालकी प्रतिनिधि मोनिक सोखान, युएनएचसीआर नेपालकी वरिष्ठ अधिकृत संगीता खतिवडा, देशीय संयोजक विजय बज्रचार्य, लुथरन वल्र्ड फेडरेसन (एलडब्लुएफ) का प्रतिनिधि गोपाल अधिकारीलगायत थिए ।
एलडब्लुएफका अधिकारीका अनुसार टोलीले सोमबार पथरी शनिश्चरे र आज दमकको बेलडाँगी शिविरको स्थलगत भ्रमण गरी शिविरमा रहेका शरणार्थीहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए । टोलीले दुवै स्थानीय तहका जनप्रतिनिधिहरूसँग नेपालमा बाँकी रहेका शरणार्थीहरूका सहज जीवनयापनका विषयमा अन्तरक्रियासमेत गरेको थियो ।
दमक नगरपालिकामा आयोजित अन्तरक्रियामा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दमकको बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी, उनीहरूबाट उत्पन्न समस्या र निराकरणका विषयमा आफ्नो विचार राखेका थिए ।
टोलीका उच्च अधिकारीहरूसँगको छलफलका क्रममा नगर प्रमुख थापाले जेनजी आन्दोलनपछि परेको प्रभाव र क्षतिले सिङ्गो नगरको विकास निर्माणलगायत पक्षमा असर पुर्याएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण