प्रगतिशील राष्ट्रिय अभियानले पत्रकार सम्मेलन गर्दै
बिहीबार, २७ कात्तिक २०८२, ११ : १२
सारांश
- जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्दैछ।
- अनामनगरस्थित संवाद डबलीमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुनेछ।
- सम्मेलनमा अभियानका नेताहरूले सम्बोधन र आगामी योजना सार्वजनिक गर्नेछन्।
काठमाडौँ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्न लागेको छ ।
दिउँसो २ बजे राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्न लागिएको अभियानका नेता ओम शर्माले जानकारी दिए ।
पत्रकार सम्मेलनमा अभियानका नेताहरूले सम्बोधन सहित आगामी योजना सार्वजनिक गर्ने बताइएको छ ।
कात्तिक १८ गते राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर शर्माले अभियानको घोषणा गरेका थिए । उक्त अभियानमा तत्कालीन माओवादी केन्द्रका नेता राम कार्कीसहितका नेताहरू सहभागी छन् । बुधबार मात्रै केन्द्रीय सदस्यद्वय ओम शर्मा र लक्ष्मण पन्तलगायतका नेताहरूले पनि अभियानमै आबद्ध रहने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण