अपडेट
जेनजी प्रदर्शनमा लुटिएका ७१८ थान हतियार फिर्ता
बिहीबार, २७ कात्तिक २०८२, १३ : ५९
सारांश
- जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीले लुटेका ७१८ थान हतियार फिर्ता ल्याइयो।
- गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभामा जानकारी गराएका हुन्।
- हतियार फिर्ता लिन सुरक्षा निकायहरूले संयुक्त अपरेसन सञ्चालन गरिरहेका छन्।
काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरी र सशस्त्र प्रहरीबाट आन्दोलनकारीले लुटेको ७१८ थान हतियार सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् । भदौ २३ र २४ मा हराएका र लुटिएका मध्ये ७१८ थान फिर्ता ल्याइएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
बिहीबार राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिलाई मन्त्री अर्यालले सो जानकारी गराएका हुन् । फिर्ता हुन बाँकी हतियार सुरक्षाकर्मीको नियन्त्रणमा लिन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरिएको अर्यालले बताए ।
उनले भने, ‘हतियार खोजी कार्यलाई तीव्र बनाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण