सुशासनका सवालमा सचेत छौँ, सम्बोधन गर्छौँ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासनका सवालमा सरकार अत्यन्तै सचेत रहेको भन्दै सुशासनको माग सम्बोधन हुने बताएका छन् ।
बिहीबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा गृहमन्त्री अर्यालले यस्तो जानकारी गराएका हुन् ।
‘सरकार बनेपछि सुरुको चरणमा हामी स्थिति सामान्यीकरणतर्फ लागेका हौ । हरसम्भव प्रयास गरेका हौ’, अर्यालले भने, ‘त्यसमा सफल पनि भयौ ।’
त्यसक्रममा उनले जेनजी आन्दोलनपछि राजनीतिक प्रकृतिका हिंसा हुन नदिन डिटेक्ट र प्रिभेक्ट गर्ने काम गरेको बताए । साथै उनले सुशासन दिन नसक्दा विद्रोह हुने रहेछ भन्ने कुरा जेनजी विद्रोहबाट प्रस्ट देखिएको बताए । ‘त्यसैले सुशासन नियमित काम हो र उच्च प्राथमिकताका साथ यो सरकारले काम गरेको छ’, उनले भने, ‘सुशासन नदिँदा स्थिति भड्कने, स्थिति भड्किएपछि शान्ति सुरक्षा पनि भड्किने । जीउधन र राष्ट्रका धरोहरको क्षति हुने कुरा देखियो । सुशासनका मामिलामा अत्यन्तै सचेत छौ, सम्बोधन गर्छौ ।’
गृह मन्त्री अर्यालले भदौ २३ र २४ को घटनामा उच्चस्तरको आयोगले समग्रतामा अध्ययन गर्ने भन्दै राज्यको अरू संयन्त्रले पनि केही काम गर्ने बताए ।
‘जेनजी पुस्ताको रगत बगेको सुशासन र कानुनी राज्यको लागि हो’, मन्त्री अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण