बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकारले देशलाई चुनावतर्फ नभई सङ्कटतर्फ लगिरहेको छ : महासचिव पोखरेल

बिहीबार, २७ कात्तिक २०८२, १४ : ४२
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ नभई सङ्कटतर्फ लैजाने बताएका छन् ।लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने पोखरेलले बताए ।

नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्न प्रतिनिधि सभाको पुनर्स्थापना गरेर त्यसकै माध्यमबाट युवाहरूका माग सम्बोधन गर्न सकिने बताए ।

‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्‍याउनु पर्छ भन्ने छैन । अर्ली इलेक्सनमा जान सकिन्छ’ महासचिव पोखरेलले भने, ‘यी सबै काम गर्नका लागि पहिलो सर्त प्रतिनिधि सभाको पुनर्स्थापना हो ।’

महासचिव पोखरेलले केही मानिसहरूले नेकपा एमाले सकियो भनेर बनाइएको भाष्य एमालेका वडा भेला र पालिकामा आयोजना गरिएका प्रदर्शनले खण्डित गरेको बताए ।

‘दलहरू सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो । एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौं मानिसहरू सडकमा आए’ पोखरेलले भने, ‘जनताहरू एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ ?’

महासचिव पोखरेलले केही मान्छे सडकमा आउँदैमा सरकार ढल्ने,संविधानमा तलमाथि हुने हो भने एमालेले दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने दाबी गरे । नवयुवाका नाममा भएको आन्दोलनमा व्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहिनताको अवस्थामा पुर्‍याउन खोजिएको पोखरेलले बताए ।

‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोऔँ’ महासचिव पोखरेलले भने, ‘यो त नेपाललाई राज्यविहीन बनाउने,नेपाल र सारा नेपाली जनतामाथि भएको प्रहारको रूपमा बुझ्नु पर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप