जापानमा प्रहरीलाई भालुविरुद्ध हतियार प्रयोग गर्न अनुमति
सारांश
- टोकियोमा अमेरिकी दूतावासको चेतावनीपछि भालु आक्रमणबाट बच्न प्रहरीलाई गोली हान्न अनुमति दिइएको छ।
- जापानमा भालु आक्रमण बढ्दै गएपछि सरकारले जनताको सुरक्षाका लागि कडा कदम चालेको हो।
- अकिता र इवाटेका उत्तरी क्षेत्रहरूमा प्रहरीलाई भालुलाई गोली हान्न राइफल प्रयोग गर्न अनुमति दिइएको छ।
टोकियो । टोकियोमा अमेरिकी दूतावासले समेत चेतावनी जारी गर्न प्रेरित गरेसँगै आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ ।
पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धी कानुन संशोधन गरी प्रहरीलाई भालु विरुद्ध गोली हान्न अनुमति दिएको बताइएको छ ।
अप्रिलदेखि देशभर जनावरको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको जनाइएको छ भने लगभग दिनहुँ जसो भालुहरू घरभित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपर मार्केटहरूमा तोडफोड गर्ने घटनाहरू रिपोर्ट गरिएको छ ।
सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न खोजिरहेको छ भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या, द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्या लगायतका कारणले आक्रमण बढी रहेको बताएका छन् ।
अधिकांश आक्रमणहरू भएका अकिता र इवाटेका उत्तरी क्षेत्रहरूमा बिहीबार एक समारोह आयोजना गरी प्रहरीलाई जनधनको सुरक्षाको लागि भालुहरूलाई गोली हान्न राइफल लगायतका हतियार प्रयोग गर्न अनुमति दिएको हो ।
गत हप्ताको घोषणा पछि हातहतियार सम्बन्धी नियमहरूमा परिवर्तन गरी बिहीबार देखि लागू भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गरी एएफपीले जनाएको छ ।
टोकियोस्थित अमेरिकी दूतावासले बुधबार आफ्नो वेबसाइटमा चेतावनी जारी गर्दै मानिसहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन पूर्ण रूपमा भालुबाट टाढा रहन चेतावनी दिएको छ ।
बेलायती सरकारले पनि यात्रुहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन आग्रह गरेको छ । पछिल्लो समयमा जापानमा नियमित रूपमा आक्रमणहरू भएका छन् ।
इवाटे प्रान्तको इवाटे हानामाकी एयरपोर्टको वरपर बुधबार, एउटा भालुको बच्चा देखा परेपछि रनवे करिब एक घण्टाका लागि बन्द हुँदा दुईवटा घरेलु उडानहरू ढिलाइ भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
जापानले पनि गत हप्ता देखि अकिता क्षेत्रमा सैनिकहरू तैनाथ गर्न थालेको छ, यद्यपि सैनिकहरूलाई भालुहरूको सिकार गर्ने अनुमति भने दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण