मधेसमा मन्त्री बन्दा कञ्चन बिच्छाको सांसद पद नै जाने भयो
सारांश
- राप्रपाको अनुशासन समितिले मधेस प्रदेशकी मन्त्री कञ्चन विच्छालाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ।
- विच्छाले पार्टीको निर्देशनको वेवास्ता गर्दै मन्त्री पदमा कायम रहेकी थिइन्।
- अनुशासन समितिको निर्णय कार्यसम्पादन समितिले अनुमोदन गरेपछि लागू हुनेछ।
काठमाडाैा । राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशन बिनै मधेस प्रदेशको मन्त्री बनेकी कञ्चन विच्छालाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ।
अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहिबार बसेको बैठकले उनलाई सांसदबाट फिर्ता बोलाउने र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
अनुशासन समितिको निर्णय अब बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेपछि लागू हुने श्रेष्ठको भनाइ छ। उनको अनुसार बैठक केही दिनमै बस्नेछ।
यसअघि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर, २४ घण्टाभित्र जवाफ नआएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएका थिए।
विच्छाले त्यसको पनि बेवास्ता गरेकी थिइन् । राप्रपाबाट मधेस प्रदेशको एक्ली सांसद उनी सरोज कुमार यादव नेतृत्वको विवादित सरकारमा पार्टीको निर्देशन विनै मन्त्री बन्न गएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण