चाँडो इन्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० विमानको इन्जिन छिटो ल्याउन निर्देशन दिइन्।
- उनले इन्जिन इजरायलमा थन्क्याएर भाडाको इन्जिन प्रयोग गर्ने प्रवृत्तिमाथि प्रश्न उठाइन्।
- कार्कीले जनताको पैसा लगानी भएको संस्थालाई ग्राउन्डेड गर्ने अवस्था आउन नहुनेमा जोड दिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० विमानको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी छिन् ।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई आज (बिहीबार) सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले जहाजको इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने बताइन् । “आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ, यता भाडा बढेको बढ्यै छ”, उनले भनिन्, “सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ ।”
उनले कुनै प्रक्रियागत बहाना नगर्न निर्देशन दिँदै जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गरिन। उनले भनिन्, “मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन, गलत काम गर्दा मात्र डराउनुहोस् ।”
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण