मिलन विश्वकर्माको ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक
सारांश
- नेपाल आइडल प्रतियोगी मिलन विश्वकर्माको गीत ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक भएको छ।
- गीतमा प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाइएको छ, जसमा सलिना बीके र आशिष महरले स्वर दिएका छन्।
- यो गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबीचको सहकार्यमा बनेको हो।
काठमाडौँ । नेपाल आइडल प्रतियोगी मिलन विश्वकर्माको गीत ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक भएको छ । सरित राईको सङ्गीत एवं एरेन्ज रहेको लोक फ्युजन शैलीको गीतमा मिलनलाई सलिना बीके र आशिष महरले स्वरमा साथ दिएका छन्। तीन जनाको सामूहिक स्वरमा सजिएको गीतले प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाएको छ । गीतलाई शैलेश गिरीले रचना गरेका हुन् ।
गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबिचको सहकार्यमा सिर्जना गरिने १२ गीतमध्येको एउटा गीत हो । म्युजिक नेपालले आइडलको सिजन ६ का प्रतिभालाई अवसर दिने सम्झौताअनुरूप यो गीतको सृजना गरिएको हो । यो गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन् ।
प्रस्तुत गीतको ध्वनि डिजाइन, मिक्सिङ र मास्टरिङ मुम्बईमा काम गर्दै आएका इन्जिनियर आर्यमान सार्कीले गरेका हुन् । गीतमा बाँसुरी, तन्मय मणि (पश्चिम बंगाल), सितार, शुभंकर हजारिका (असम) र गितार एलुहिन इयाजको रहेको छ ।
नेपाल आइडल सिजन ६ को उपाधि गंगा सोनामले जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण