अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने
शुक्रबार, २८ कात्तिक २०८२, ०९ : ५८
सारांश
- सरकारले भूउपयोगसम्बन्धी नियमावली संशोधन गर्दै साँघुरो जग्गाको कित्ताकाट खुला गरेको छ।
- पहिले ५०० वर्गमिटरभन्दा कम क्षेत्रफल र चौडाइभन्दा लम्बाई ४ गुणा बढी भएको जग्गा कित्ताकाट गर्न नमिल्ने व्यवस्था थियो।
- संशोधनले उक्त व्यवस्था हटाएपछि साँघुरो जग्गा पनि कित्ता विभाजन गरी बिक्री गर्न पाइने भएको छ।
काठमाडौं । अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।
यसअघि नियमावलीको नियम १२ को उपनियम २ मा ५०० वर्गमिटर भन्दा कम क्षेत्रफल भएको जग्गा यदि चौडाइभन्दा लम्बाई ४ गुणा बढी छ भने त्यस्तो जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।
संशोधित नियमावलीले यो व्यवस्था हटाइदिएको छ । योसँगै साँघुरो किसिमका त्यस्ता जग्गा समेत कित्ता विभाजन गरि बिक्री गर्न पाइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण