बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

होण्डाले २००१–२०१४ मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

शुक्रबार, २८ कात्तिक २०८२, १३ : ४८
शुक्रबार, २८ कात्तिक २०८२

काठमाडौँ । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै ‘सेफ्टी रिकल’ अभियान सुरु गरेको छ। यस अन्तर्गत सन् २००१ देखि २०१४ सम्मका मोडेलका विभिन्न होण्डा गाडीमा रहेको एयरब्याग निःशुल्क परिवर्तन गर्ने कम्पनीले जनाएको छ।

यो अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी रिकल कार्यक्रमअन्तर्गत नेपालमा समेत कार्यान्वयन गरिएको हो। समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक जोखिम हटाई यात्रालाई सुरक्षित बनाउन यो कदम चालिएको कम्पनीको भनाइ छ।

रिकलमा ज्याज, अकर्ड, सीआर–भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडी समावेश छन्। यी मोडेलका गाडीधनीले नजिकको होण्डा सर्भिस सेन्टरमा सम्पर्क गरी दक्ष प्राविधिकमार्फत निःशुल्क एयरब्याग परिवर्तन गराउन सक्नेछन्।

स्याकार ट्रेडिङले सम्बन्धित गाडीधनीलाई आफ्नो गाडी रिकलमा समावेश छ कि छैन भनी पुष्टि गर्न तथा शीघ्र अपोइन्टमेन्टका लागि आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप