१८ दिनपछि सिंगापुरबाट फर्किँर्दै कांग्रेस सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट १८ दिनपछि आज (शुक्रबार) फर्किँदै छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवा र उनकी श्रीमती कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवा नेपाल फर्कन लागेको जानकारी दिए ।
तर, समय भने एकिन नरहेको उनको भनाइ छ । ‘उपचारका लागि सिंगापुर जानुभएका सभापतिज्यूको दम्पती आज फर्किने कार्यक्रम छन् । समय एकिन छैन,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने ।
साँझ फर्किने भए पनि कति बजे फर्किने भन्ने एकिन समय आइनसकेको प्रवक्ता महतले बताए । देउवा दम्पती कात्तिक १० गते राति उपचारका लागि सिंगापुर गएका थिए ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बुढानीकलण्ठमा मरणासन्न हुने गरी कुटिएका देउवा दम्पतीले एक महिनासम्म छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरेका थिए ।
आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका देउवाले असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा देखिएका थिए । त्यसैदिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण