कारवाहीमा परेका मधेसका ५ सांसदले मागे एक वर्षको हाजिरी रेकर्ड
काठमाडौँ । पदमुक्त गरिएका मधेस प्रदेशका पाँचजना सांसदले हाजिरी रेकर्ड माग गरेका छन् । सभामुख रामचन्द्र मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै जनता समाजवादी पार्टी नेपालका सांसदहरु मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदाशंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद् उर्मिलादेवी सिंहलाई पदमुक्त गरेका थिए ।
कारवाही गरिएका पाँचजना सांसदले आफूलाई पूर्वाग्राही ढंगले सभामुखले हटाएको भन्दै एक वर्षसम्मको हाजिर रेकर्ड र अन्य कागजात माग गरेका हुन् । सभामुख मण्डलविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । पदमुक्त गरिएका सांसदहरुको तर्फबाट सञ्जयकुमार यादव र उर्मिलादेवी सिंहले शुक्रबार मधेस प्रदेशको सचिवालयमा निवेदन दिएर हाजिरी माग गरेका छन् ।
जसपा नेपालका सांसद सञ्जय यादवले आफू हरेक बैठकमा उपस्थित भएपनि पूर्वाग्राही ढंगले कारवाही गरिएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण