अपडेट
बाबुरामको पार्टीसहित तीन शक्तिबिच मंसिर ७ गते एकता
शुक्रबार, २८ कात्तिक २०८२, १७ : १२
१
सारांश
- नेपाल समाजवादी पार्टी, रास्वपा छाडेका सन्तोष परियार र सुदन किरातीबीच मंसिर ७ गते एकता हुने भएको छ।
- उनीहरूबीच ५ बुँदे सहमति भएको छ, जसमा वृहत् एकता घोषणा कार्यक्रम गर्ने सहमति भएको छ।
- उनीहरूले देश विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक शक्ति र नयाँ पुस्तालाई पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), रवि लामिछाने नेतृत्वकाे रास्वपा छाडेका सन्तोष परियार र प्रगतिशील राष्ट्रिय अभियानका संयाेजक सुदन किरातीबिच मंसिर ७ गते एकता हुने भएकाे छ ।
आज मात्रै उनीहरूबिच ५ बुँदे सहमति भएको छ ।
‘मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ’, सहमति पत्रमा भनिएको छ । साथै उनीहरुले देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेष गरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
‘भ्रष्ट, अनैतिक र अहङ्कारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न अपिल गर्दछौँ’, सहमतिपत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण