एकीकृत समाजवादीको जिल्ला कमिटी एमालेमा फर्कियो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी नै एमालेमा फर्किएको छ ।
कात्तिक २८ गते शुक्रबार विघटित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाको बैठक बसेर तत्कालीन नेकपा (माओवादी) लगायतका पार्टीसँगको एकतालाई अस्वीकार गर्दै जिल्ला कमिटी नै एमालेमा फर्कने निर्णय गरेको हो ।
‘छलफल पश्चात् विभिन्न वस्तुगत परिस्थितिहरूलाई समेत मध्यनजर गर्दै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा पूर्ण रूपले समाहित हुने निर्णय गरिएको व्यहोरा सम्पूर्णमा जानकारीको लागि अनुरोध छ’, अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेवी राईले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण