मुलुकको सुरक्षा व्यवस्थालाई सुदृढ नगरी निर्वाचनमा जानु हुँदैन : कल्याण श्रेष्ठ
काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जानसक्ने अवस्था नरहेको बताएका छन् ।
नागरिक समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आत्मबलनै कमजोर भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था हुने बताए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेनजी पुस्ताको परिवर्तनको आकाङ्क्षालाई रूपान्तरण गर्न सक्ने अवस्था नबनाई निर्वाचनमा गए त्यसले मुलुकको हित नगर्ने जिकिर समेत गरे ।
उनले मुलुकलाई जोगाउन पनि सुरक्षाको प्रत्याभूति सुदृढ बनाउने कामलाई बढी जोड दिनुपर्ने आवश्यकता ओैँल्याए ।
उनले भने, ‘निर्वाचनमा जानुपर्छ । तर निर्वाचनमा त्यो परिवर्तनको आकाङ्क्षालाई रूपान्तरण गर्न सक्ने गरी जानुपर्छ । त्यो कसरी जाने ? यहाँ स्थानीय जनसहभागिता कति हुने हो ? यो सुरक्षाको जुन चुनौती छ । यो सुरक्षाको चुनौतीले मतदानको प्रवृत्ति बढ्ला कि घट्ला ? वा मतदान होला कि नहोला । यस्तो हो भने झन् पो सम्भावना छैन । के हुन्छ ? राज्यको पहिलो चरित्र के हो भने पुलिस स्टेट हो । पुलिस भनेको यहाँ बर्दिधारी पुलिस होइन नि । सेक्युरिटी फष्ट । चाहेको सीमाको रक्षा गरौँ, चाहे आन्तरिक धनजनको कुरा गरौैं । सुरक्षा फष्ट । अहिले हाम्रो राज्यको धरातलनै उखेलिएको जस्तो छ । जो जो जहाँ जहाँ हो, त्यो होइन जस्तो छ । मानिदिएको जस्तो मात्रै छ । राज्यले आफ्नो आत्मविश्वास गुमाएको कि गुमाएन ? राज्यप्रति जनताको आत्मविश्वास छ कि छैन ? मैले भन्ने बित्तिकै पुलिस आएर मेरो सुरक्षा गर्छ भन्ने आत्मविश्वास छ कि छैन ? त्यो छैन भने मानिलिनुस् हाम्रो राज्य कमजोर भएको छ । यो राज्य कमजोर बनाउनु हुँदैन । यो राज्य टिकाउने हो भने, यो देश टिकाउने हो भने यसको सुरक्षालाई बलियो बनाउनु पर्छ । निर्वाचन भन्दा पहिला हाम्रो सुरक्षा प्रत्याभूतिलाई सुदृढ गर्नु पर्छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई अघि बढाउन संविधान संशोधन पहिलो सर्त रहेको समेत दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण