कार्यदलबारे फरक–फरक प्रस्ताव आएपछि कांग्रेस बैठक अनिर्णीत
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक अनिर्णीत हुँदै सकिएको छ । ललितपुरको धोबीघाटमा दिउँसो बसेको बैठकमा पार्टीभित्र देखिएको महाधिवेशनको मितिबारे सहमति जुटाउन फरक–फरक कार्यदलका प्रस्ताव भएका थिए। ती प्रस्तावमा एकरूपता नदेखिएपछि बैठक कुनै निर्णय नगर्दै सकिएको हो ।
बैठकको सुरुमा पार्टीभित्रको इतर समूहका नेता डाक्टर शेखर कोइराला र सह महामन्त्री उपाध्यायले चार शीर्ष नेता सम्मिलित महाधिवेशन विवाद मिलाउने कार्यदल प्रस्ताव गरेका थिए ।
त्यसपछि सहमहामन्त्री उपाध्यायले नै केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन सम्बन्धी फरक कार्यतालिका प्रस्तुत गरेका सहमहामन्त्री महेन्द्र यादवलाई पनि थप्नुपर्ने प्रस्ताव गरेकी थिइन् ।
उनको प्रस्तावलाई पुन डाक्टर कोइरालाले समर्थन गरेका थिए। त्यसमा पार्टी प्रवक्ता डाक्टर प्रकाश शरण महतले पनि समर्थन जनाएका थिए ।
सहमहामन्त्री यादवका अनुसार यो प्रस्तावमा धेरै नेताको सहमति थियो। तर यादव आफैले भने कार्यदलमा शीर्ष नेताहरू बिमलेन्द्र निधि विजय कुमार गच्छदार कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई पनि थप्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसमा धेरै नेताहरूले समर्थन जनाएको यादवले रातोपाटीलाई जानकारी दिए ।
महामन्त्री गगन थापाले भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विवादमा सहमति जुटाउन जलाई आवश्यक पर्छ त्यसैलाई बोलाएर छलफल गर्ने प्रस्ताव गरेका थिए। त्यसपछि बैठक कुनै पनि निर्णय नगरी कार्यवाहक सभापति खड्कालाई तजबिजी अधिकार दिने गरी सकिएको छ ।
गत असोज २८ गतेदेखि सुरु भएको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कार्तिक १९ गते महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने र सह महामन्त्री यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने भन्ने प्रस्ताव गरेपछि सहमति जुट्न सकेको छैन ।
केन्द्रीय कार्यसमितिको बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको छ । त्यही विवादमा सहमति जुटाउन भन्दै कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण