बिहार विधानसभा निर्वाचनमा एनडीएको जितबारे के भने मोदीले ?
काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा निर्वाचनमा आफ्नो नेतृत्वको एनडीए गठबन्धनको जितलाई ‘बिहारका जनताले धुलो बढारेको’ भनेर टिप्पणी गरेका छन् ।
शुक्रबार साँझ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पुगेर मोदीले बिहार विधानसभा निर्वाचनमा आफ्नो पार्टी र एनडीए गठबन्धनको जितबारे खुसीयाली मनाएका हुन् ।
सो अवसरमा उनले संक्षिप्त सम्बोधन गर्दै बिहारका जनताले ‘विकसित बिहारका लागि’ मतदान गरेको बताए । ‘मैले चुनाव प्रचारका क्रममा बिहारका जनतालाई कीर्तिमान हुने गरी मतदान गर्न आग्रह गरेको थिएँ,’ उनले भने, ‘बिहारका जनताले सबै कीर्तिमान तोडिदिए ।’
मोदीले बिहारमा एनडीए गठबन्धनलाई सन् २०१० यताकै सबैभन्दा ठुलो जनादेश दिएको भन्दै खुसी प्रकट गरे ।
बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी, जनता दल युनाइटेड लगायतका दल सम्मिलित एनडीए गठबन्धनले दुई तिहाइभन्दा बढी सिटमा जित्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण