जेनजी आन्दोलनको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : रावल
सारांश
- डा. भीम रावलले जेनजी आन्दोलनको दमनको जिम्मेवारी केपी शर्मा ओली र रमेश लेखकले लिनुपर्ने बताए।
- उनले भदौ २४ गतेको विध्वंसबारे गहिरो अध्ययन र विश्लेषण हुनुपर्ने र बाह्य शक्तिको घुसपैठको आशंका व्यक्त गरे।
- रावलले वर्तमान सरकारलाई चुनावी सरकारको रूपमा स्मरण गराउँदै निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने बताए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारे जिम्मेवार हुनुपर्ने बताएका हुन्। संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
उनले भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरो गरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको बताए। उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेनजी आन्दोलनका क्रममा ठुलो क्षति भएको आशङ्का गरे।
साथै, उनले वर्तमान सरकार छ महिनाको लागि चुनावी सरकार रहेको स्मरण गराउँदै यसले अन्य छिमेकी देशहरूसँग दीर्घकालीन असर पर्ने खालका सम्झौता गर्न नपाउने जिकिर गरे। अब आउने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनले बताए।
रावलले कैदीबन्दी र हातहतियारहरू बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको जिकिर गरे। उनले मुलुकमा देखिएको चुनौतीलाई एकताबद्ध भएर सामना गर्नका लागि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण