‘जेनजी आन्दोलनपछि नेपाल लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको छ’
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि नेपाल लोकतान्त्रिक यात्रामा अघि बढेको बताइन्।
- उनले अस्ट्रेलियासँगको कूटनीतिक सम्बन्धको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै सरकारको लक्ष्यबारे जानकारी दिइन्।
- प्रधानमन्त्रीले अस्ट्रेलियाको सहयोगको प्रशंसा गरिन् र दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने कुरामा जोड दिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गरेकी छन्।
नेपाल र अस्ट्रेलियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले भनिन्, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ।’
नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीचको पारस्परिक सम्मान, मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै अस्ट्रेलियाका जनताप्रति शुभकामना व्यक्त गरिन्। उनले अस्ट्रेलियाबाट प्राप्त विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनका लागि कृतज्ञता व्यक्त गरिन्।
शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रहरूमा दशकौंदेखिको सहकार्यका लागि आभार व्यक्त गर्दै उनले भनिन्, ‘नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ। शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुगेको छ।’
प्रधानमन्त्रीले अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली दुई देशबीच जीवन्त सेतु बनेको र यसले सम्बन्धमा थप निकटता जोडेको बताइन्। उनले पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाइएकोमा खुसी व्यक्त गर्दै सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्नतिका लागि अस्ट्रेलियाको निरन्तर सहयोगको अपेक्षा गरिन्।
उनले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिएको योगदानप्रति धन्यवाद दिँदै उनको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण