तीन महिनाको तथ्यांकमा आधारित यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)
सारांश
- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तीन महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ।
- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ।
- कुल विदेशी विनिमय सञ्चिति २९७९ अर्ब ८१ करोड रहेको छ, जुन १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तीन महिना (२०८२ असोजसम्म) को तथ्याङ्कमा आधारित ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति रु.२९७९ अर्ब ८१ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको बैंकको भनाइ छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै चालु खाता रु.२३७ अर्ब ५९ करोड र शोधनान्तर रु.२६४ अर्ब ३ करोड बचतमा रहेको छ । यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशतले र अमेरिकी डलरमा
२९.२ प्रतिशतले बढेको छ भने चालु आर्थिक विप्रेषण आप्रवाह रु.२०१ अर्ब २२ करोड रहेको छ । यस्तै निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छ । यस्तै नेपाल सरकारको खर्च रु.३६४ अर्ब ५९ करोड र राजस्व परिचालन रु.२४९ अर्ब ५ करोड रहेको छ ।
यसैगरी विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशतले बढेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण