७ नयाँ दल दर्ता, ७ दल खारेज : २८ दल दर्ताको प्रक्रियामा
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा भएदेखि आइतबारसम्म सात वटा नयाँ राजनीतिक दल दर्ता भएको र सात वटा राजनीतिक दल खारेज भएको जानकारी दिए । हालसम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको उनले बताए ।
त्यस्तै प्रवक्ता भट्टराईले २८ वटा दल दर्ताको प्रक्रियामा नै रहेको जानकारी दिए । दर्ताको प्रक्रियामा रहेका दलले कागजात पूरा गर्न नसके प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने आयोगले जनाएको छ ।
आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता आह्वान समेत गरिसकेको छ ।
प्रवक्ता भट्टराईले आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने जानकारी दिए ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न सूचना प्रकाशन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण