नेकपाले विशेष अपानि जारी गर्ने, तीन तहमा सन्देश सभा गर्ने
सारांश
- नेकपाले पार्टी एकताबारे विशेष अपानि जारी गर्ने निर्णय गरेको छ।
- पार्टीलाई एकढिक्का बनाउन विभिन्न प्रदेश, जिल्ला र पालिकामा सन्देश सभा आयोजना गरिनेछ।
- नेपाली विशेषताको समाजवाद स्थापना गर्ने नेकपाको लक्ष्य रहेको छ, र अन्य पार्टीसँग एकताको प्रयास भइरहेको छ।
काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले पार्टी एकताबारे विशेष अन्तर पार्टी निर्देशन अपानि जारी गर्ने भएको छ ।
आइतबार पेरिसडाँडामा बसेको अनौपचारिक बैठकले विशेष अपानि जारी गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।
‘विशेष अपानि जारी गरेर पार्टीलाई एकढिक्का बनाउने कुराकानी भएको छ’, खनालले भने, ‘विभिन्न प्रदेश र जिल्ला तथा पालिकामा सन्देश सभा आयोजना गर्ने ।’
उनले देशव्यापी एकताको सन्देश प्रवाह गर्न अपिल समेत प्रकाशित गर्ने निर्णय भएको बताए । सन्देश सभाहरूबारे थप छलफल गरेर तयारी गर्ने भन्दै खनालले नेपाली विशेषताको समाजवादको यात्रामा जाने बताए ।
‘नेपाली विशेषताको समाजवाद स्थापना गर्ने हाम्रो एकमात्र अर्जुनदृष्टि हुनेछ’, खनालले भने, ‘अशोक राई र उपेन्द्र यादवको पाटीसँग कुराकानी भइरहेको छ केही दिनमा उहाँहरूको पार्टी एकता हुनेछ ।’
खनालले नेता घनश्याम भुसालसँग पनि छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण