नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने, कुन प्रदेशमा कहिले ?
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मङ्सिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिए ।
उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिए । त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उनले बताए ।
अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिँदै खनालले एकता सन्देश सभाको ब्यानरमा कार्यक्रम गरिने उल्लेख गरे ।
आफूहरूको एकता कसैको विरुद्ध नभई आम जनतालाई जागृत र सङ्गठित गर्दै समाजवादको बाटोको अर्जुनदृष्टिका साथ अघि बढ्ने यात्रा भएको उनले बताए ।
खनालले अशोक राई र उपेन्द्र यादवको पार्टीसँग कुराकानी भइरहेको भन्दै केहि अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गरे ।
उनले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको भएकाले बुढाहरूको पाटी भन्न नमिल्ने धारणा राखे ।
प्रदेश स्तरीय एकता सन्देश सभा
१. सुदूरपश्चिम प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर ९ गते
२. कर्णाली प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १० गते
३.लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर ११ गते
४. गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १२ गते
५. मधेस प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १३ गते
६. कोशी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १४ गते
७ बागमती प्रदेश स्तरीय एकता सन्देश सभा – पछि मिति तय गरे अनुसार
जिल्ला स्तरीय एकता तथा सन्देश सभा
१. बागमती प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १३ गते
२. सुदूरपश्चिम प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १५ गते
३. कर्णाली प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १६ गते
४. लुम्बिनी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १७ गते
५. गण्डकी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १८ गते
६. मधेस प्रदेशको सबै जिल्लाको एकैदिन– मंसिर १९ गते
७. कोशी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर २० गते
पालिका स्तरीय एकता सन्देश सभा
१. देशैभरीको पालिकामा एकैदिन – मंसिर २७ गते
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण