पत्रकार महासंघका अध्यक्षको कार्यकक्षमा तालाबन्दी
सोमबार, ०१ मङ्सिर २०८२, १२ : १९
सारांश
- नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा असन्तुष्ट पत्रकारहरूले ताला लगाएका छन्।
- महासंघ विधानअनुसार नचलेको र सल्लाहकार नियुक्ति विवादका कारण बैठक नबोलाएकाले तालाबन्दी गरिएको हो।
- अध्यक्ष शर्मासँग सम्पर्क गर्दा उनको फोन उठेन।
काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा ताला लगाइएको छ । सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा असन्तुष्ट पत्रकारहरूले अध्यक्ष शर्माको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका हुन् ।
महासंघ विधानअनुसार चल्न नसकेको, केन्द्रीय समिति बैठक आव्हान गरेर देशभरबाट सदस्यहरू काठमाडौँ आए पनि सल्लाहकार नियुक्ति विवाद निकालेर बैठक नबसेकाले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको केन्द्रीय सदस्य लबदेभ ढुंगानाले बताए । तालाबन्दीबारे अध्यक्ष शर्मासँग पटक पटक फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण