नेकपासँग छलफलपछि जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
सारांश
- अशोक राई नेतृत्वको जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ, पार्टी एकताबारे छलफल गर्न।
- बैठकमा नेकपासँगको पार्टी एकताबारे छलफल हुने र निर्वाचन आयोगमा दल दर्ता लगायतका विषयमा निर्णय लिइनेछ।
- जसपा नेपाल विभाजनपछि राईको अध्यक्षतामा जसपा गठन विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पार्टी एकताबारे नेपाली कम्युनिस्ट पार्टी लगायतसँग भइरहेको छलफल, निर्वाचन आयोगमा दल दर्ता लगायत विषयमा छलफल हुनेछ । ‘बैठकको एजेन्डा पार्टी एकता, निर्वाचन आयोगमा दल दर्ता लगायत समसामयिक विषय रहेका छन् । त्यसबारे छलफल गर्न र निर्णय लिन बैठक बोलाइएको हो’, उनले भने ।
जसपाले शनिबार नेकपासँग पार्टी एकताबारे छलफल गरेको थियो । यसैगरी जसपा नेपाल विभाजनपछि राईको अध्यक्षतामा जसपा गठन विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन गरी उपाध्यक्ष दीपक साहले निर्वाचन आयोगमा दर्ता गराएको जनस्वराज दल सर्वोच्चले खारेज गरेपछि जसपा अप्ठ्यारोमा परेको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्म दल दर्ताका लागि खुकुलो बनाएको छ । सर्वोच्चको आदेश पर्खिने कि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनेबारे बैठकले निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण