निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ : संयोजक दाहाल
सारांश
- पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन दलहरूको सहमति आवश्यक रहेको बताए ।
- उनले निर्वाचन प्रक्रियामा एकजुट भएर जिम्मेवारी लिनुपर्ने बताए, र फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए ।
- दाहालले पार्टीको जिम्मेवारी बाँडफाँड मंगलबारको बैठकमा टुङ्ग्याउने जानकारी दिए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् ।
उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए । उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’
उनले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलवारको बैठकमा टुङ्ग्याउने जानकारी दिए । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपमा लाने भन्ने समझदारी भएको उनको भनाई छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण