बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनेरास्ववियुमा कडरियाको राजीनामा स्वीकृत, अध्यक्षमा धामी

सोमबार, ०१ मङ्सिर २०८२, १४ : २५
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • अनेरास्ववियुको पदाधिकारी बैठकले डा.सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ।
  • बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ।
  • उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव र विकास श्रेष्ठलाई उपाध्यक्ष कायम राखिनेछ।

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा.सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ । सोमबार नेपाल कमर्स क्याम्पसमा बसेको बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता गोपाल नेपालले जानकारी दिए ।

उनका अनुसार बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव र विकास श्रेष्ठलाई उपाध्यक्ष कायम राख्ने निर्णय पनि गरेको छ । जेनजी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए ।

पदाधिकारीको निर्णय सचिवालय हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने हुन्छ । सचिवालय मङ्सिर ४ गतेलाई बोलाएको नेता नेपालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप