विद्यार्थीको छात्रवृत्ति र खाजाको रकम हिनामिना, प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूमाथि विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तकका लागि आएको ४ लाख ४३ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कपिलवस्तुको तौलिहवा नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
आयोगको अनुसन्धानअनुसार, आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाबाट विद्यालयलाई विभिन्न शीर्षकमा प्राप्त रकममाथि उनीहरूले अनियमितता गरेका थिए ।
प्रतिवादीहरुविरुद्ध चार लाख त्रिचालीस हजार चार सय तीस रुपैयाँ पचहत्तर पैसा रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको जिकिरसहित अख्तियारले बिगो कायम गरेको छ ।
निज प्रतिवादीहरूले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई गैरकानूनी फाइदा लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण