यस्ता छन् शेख हसिनाको राजनीतिक यात्रा : पिताको हत्यादेखि निर्वासन र मृत्युदण्डसम्म
सारांश
- बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई आईसीटीले मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो।
- हसिनालाई विद्यार्थी आन्दोलनको क्रममा भएको हिंसासँग सम्बन्धित आरोपहरू लगाइएको थियो, जसको कारण उनी भारतमा शरण लिन बाध्य भइन्।
- शेख हसिना बंगलादेशको राजनीतिमा विवादास्पद व्यक्तित्व हुन्, उनले लामो समय सरकारको नेतृत्व गरिन् र विभिन्न विवादहरूमा परिन्।
काठमाडौं । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ । यससँगै हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनीमाथि लागेका सबै आरोप गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसासँग सम्बन्धित रहेको फैसलामा उल्लेख गरिएको छ । आरोपहरूलाई सही ठहर गर्दै न्यायाधिकरणले सोमबार अर्थात् १७ नोभेम्बरमा यो फैसला सुनाएको हो ।
गत वर्ष हसिनाको सरकारले सरकारी जागिरमा गरेको आरक्षणको विरुद्धको विरोध प्रदर्शनका क्रममा भएको हिंसा केही समयमै हिंसामा परिणत भएको थियो । हिंसा अनियन्त्रित बनेपछि हसिना ज्यान जोगाउन बंगलादेशबाट भागेर सैन्य हेलिकप्टरबाट भारतको शरणमा जानुपरेको थियो ।
उसो त हसिनाको जीवनमा यस्तो उथलपुथल आएको यो पहिलो पटक थिएन । हसिनाले आफ्ना पिता शेख मुजिबुर रहमानको हत्या र २००८–०९ को हिंसात्मक प्रदर्शनपछि पनि यस्तै अवस्थाको सामना गर्नु परेको थियो । तर, हरेक पटक चुनौतीहरू पार गर्दै उनी सत्तामा फर्किन् ।
को हुन शेख हसिना ?
सन १९४७ मा जन्मिएकी शेख हसिना बंगलादेशको राजनीतिको विवादास्पद अनुहार हुन् । केही दशक लामो आफ्नो राजनीतिक अनुभवका साथ हसिनाले अचम्मको उचाइ हासिल गरिन् । यससँगै उनीसँग धेरै विवादहरू पनि जोडिइन् ।
हसिनाको जीवन र राजनीति बंगलादेशको इतिहास र पृष्ठभूमिसँग प्रत्यक्ष जोडिएको छ । उनका पिता शेख मुजिब–उर–रहमान सन १९७१ मा पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्रत बनाउने आन्दोलको अनुहार थिए । यसैले बंगलादेशको स्वतन्त्रता आन्दोलनलाई हसिनाले पनि नजिकबाट अनुभव गरिन् । यो आन्दोलनले उनको राजनीतिक विचारधारालाई आकार दिन मद्दत गर्यो । आफ्नो बुबाको शासनकालमा हसिनाले इडेन कलेजको उपाध्यक्ष पदका लागि चुनाव लडिन् र जितिन् पनि । यसबाहेक उनले बुवाको पार्टीको विद्यार्थी संगठनको पनि जिम्मेवारी पनि सम्हालिन् ।
१९७५ मा देश छाडिन्, फर्केर इतिहास रचिन्
तर, सन १९७५ मा आफ्ना बुबा मुजिब–उर–रहमान र परिवारका अन्य केही सदस्यको हत्यापछि हसिना बंगलादेशबाट भाग्नुपर्यो । धेरै वर्ष बंगलादेशबाट बाहिर रहेपछि १९८० को दशकमा हसिना अन्ततः स्वदेश फर्किन र त्यहाँको तरङ्गित राजनीतिमा प्रवेश गरिन् ।
हसिनाले आफ्नो राजनीतिक पार्टीको नाम अवामी लिग राखिन् । यसलाई धेरैले उनको पिताको प्रभावको रुपमा हेरेका छन् । उनी सन् १९८१ मा पार्टीको अध्यक्ष बनिन् र विपक्षी दलको नेताको रूपमा राजनीतिक जीवनको शुरुआत गरिन् । उनको यो लडाइ राजनीतिमा काम आयो । १९९६ मा उनी पहिलो पटक बंगलादेशको प्रधानमन्त्री भइन् । उनको पहिलो कार्यकाललाई बंगलादेशका लागि ठूलो सुधारको समय मानिन्छ । यही अवधिमा देशमा आर्थिक उदारवादको उदय भयो । बङ्गलादेशमा ठूलो स्तरमा विदेशी लगानी आयो र जनताको जीवनस्तरमा सुधार पनि भयो ।
हसिनाको नेतृत्वमा, बङ्गलादेश विश्वभर कपडा उद्योगको अहम् केन्द्र बन्यो । शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि उनले निकै जोडका साथ काम गरिन् । विद्यालयमा बालबालिकालाई नि:शुल्क पुस्तक उपलब्ध गराउने उनको योजनाले उनलाई निकै अगाडि बढायो । तर, यी उपलब्धिहरूका बाबजुद हसिनाको कार्यकाल विवादबाट मुक्त भने रहन सकेन ।
उनको प्रशासन र न्यायपालिकाको टक्कर भइरह्यो । शेख हसिनामाथि अदालतको स्वतन्त्रता र स्वायत्ततासँग खेलबाड गरेको आरोप पनि लाग्यो । यसका लागि उनले निकै आलोचना पनि खेपिन् । अर्कोतर्फ विपक्षी दलले पनि हसिनामाथि अधिनायकवादको आरोप लगाए । धेरै मानव अधिकार संगठनले शेख हसिनाको विरोध गरे । विशेष गरी इस्लामिक जमात–ए–इस्लामी पार्टीप्रतिको दमनबारे चर्को आवाज उठ्यो । सन ्२००१ को चुनावमा विपक्षी पार्टी र प्रतिद्वन्द्वी खालिदा जियाबाट हसिना र उनको पार्टीले पराजय भोग्यो ।
२००६–०८ को राजनीतिक संकट र सैन्य हस्तक्षेप
२०२४ मा शेख हसिना जस्तो घटनाक्रमबाट गुज्रिइन् यो उनको लागि नयाँ थिएन । सन् २००६ मा पनि यस्तै भएको थियो । सोही वर्ष अक्टोबरमा सत्तामा रहेको बंगलादेशी नेसनलिस्ट पार्टी (बीएनपी)को सरकारले अचानक चुनाव घोषणा गरेर कार्यवाहक शासनतर्फ गयो । यस क्रममा शेख हसिना सरकारले बीएनपी सरकारले बंगलादेशका प्रधानन्यायाधीशको अवकाश उमेरलाई असंवैधानिक रूपमा बढाएको आरोप लगाएको थियो । यो घटनाले केही समयमै हिंसात्मक मोड लियो र अवामी लीगको नेतृत्वमा देशभर ठूलो प्रदर्शन भयो । यद्यपि, सेनाले २००७ मा कामचलाउ सरकारलाई समर्थन गर्याे । तर यसले स्थितिलाई झनै बिगार्यो ।
स्थिति यस्तो भइदियो कि कार्यवाहक सरकारले शेख हसिनालाई भ्रमण सकेर स्वदेश फर्किनमै रोक लगाइदियो । मानवअधिकार संगठनहरूबाट सम्पूर्ण घटनाको आलोचना भयो । विभिन्न देशहरूको दबाब पछि मात्रै हसिनालाई फर्किन अनुमति दिइयो । तर विवाद यहीँ टुंगिएन । फर्किएपछि शेख हसिनालाई भ्रष्टाचारको आरोपमा जेल पठाइयो ।
सत्तामा शेख हसिनाको फिर्ती
बङ्गलादेशमा ९० दिनभन्दा बढी समय शासन गरेपछि सेनाद्वारा स्थापना गरिएको कार्यवाहक सरकारले अन्ततः देशमा निर्वाचन गराउने निर्णय गर्यो २००८ को डिसेम्बर २९ मा भएको आमनिर्वाचनमा अवामी लिग र यसको साझेदार पार्टीहरूको गठबन्धनले दुई तिहाई सीटमा जीत हासिल गरे । त्यतिबेला सन २००६ सम्म सत्तामा रहेका बिएनपी र जमात ए इस्लामी प्रतिपक्षमा बस्नुपरेको थियो । सन २००९ मा शेख हसिना फेरि बंगलादेशको प्रधानमन्त्री बनिन् ।
१५ वर्षको निर्बाध शासन
यो सम्पूर्ण घटनापछि शेख हसिनाले बङ्गलादेशमा तीन कार्यकालमा १५ वर्ष शासन गरिन् । तर, उनको जितलाई लिएर विपक्षीले पटकपटक निर्वाचन प्रक्रियामा अनियमितता र राजनीतिक दल तथा स्वतन्त्र संस्थालाई धम्की दिएको आरोप लगाए । आलोचकहरूले पनि शेख हसिना सरकारमा विपक्षीहरूलाई दबाउन खोजेको आरोप बारम्बार लगाए । तर बङ्गलादेशमा जारी विकास कार्य र आर्थिक सुधारका कारण हसिनाको समर्थकहरूले उनको छविलाई प्रगतिशील रूपमा चित्रण गर्न जारी राखे ।
हसिना दुई पटक घातक हमलाबाट बाँचेकी छिन् । उनीमाथि पहिलो हमला सन् १९७५ मा भएको थियो । यो त्यही समय थियो जतिबेला उनका बुबा मुजिब र परिवारको सम्पूर्ण सदस्यको हत्या भएको थियो । संयोगवश शेख हसिना देशबाहिर भएकाले बाँचेकी थिइन् । तर, उनीमाथि दोस्रो पटक पनि आक्रमण भयो । २००४ मा उनीमाथि ग्रेनेड प्रहार भएको हो । यस आक्रमणमा उनी नराम्ररी घाइते भएकी थिएन् । यस आक्रमणमा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका थिए । तर, शेख हसिना बाँचेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण