दिल्ली विस्फोट : नेपालमा किनेको मोबाइलको के छ ‘कनेक्सन’ ?
सारांश
- नयाँ दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटमा संलग्नहरूले नेपालमा किनेको मोबाइल प्रयोग गरेको पुष्टि भयो।
- विस्फोटका लागि आतंकवादीहरूले ७ वटा सेकेन्ड ह्यान्ड मोबाइल र १७ सिमकार्ड प्रयोग गरेका थिए, जसमध्ये ७ मोबाइल नेपालमा खरिद गरिएका थिए।
- एनआईएले लाल किल्ला विस्फोट सम्बन्धमा एक आरोपित आमिर राशिद अलीलाई अदालतमा पेश गरेको छ र उनलाई १० दिनको न्यायिक हिरासतमा राखिएको छ।
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित लालकिला नजिकै १० नोभेम्बरमा भएको विस्फोटबारे त्यहाँको प्रहरीले अनुसन्धान जारी राखेको छ । अहिलेसम्मको अनुसन्धानबाट विस्फोटमा संलग्नहरूले नेपालमा किनेको मोबाइल प्रयोग गरेको तथ्य पत्ता लागेको प्रहरीले जनाएको छ ।
भारतको नेशनल इभेस्टिगेसन एजेन्सी (एनआईए)ले जनाए अनुसार लाल किलामा विस्फोटका लागि आतंकवादीहरूले कुल ७ वटा ‘सेकेन्ड ह्यान्ड’ मोबाइल फोन र १७ सिमकार्ड प्रयोग गरेका थिए । उनीहरूले प्रयोग गरेका सात वटै सेकेन्ड ह्यान्ड मोबाइल फोन नेपालमा खरिद गरेको पाइएको एनआईएले जनाएको छ ।
१७ वटा सिमकार्डमध्ये ६ वटा भारतकै कानपुरमा खरिद गरेको पाइएको पनि एनआईएले जानकारी दिएको छ । तीमध्ये दुई सिमकार्ड बेकनगञ्ज निवासीको परिचयपत्रका आधारमा लिएको पाइएको छ ।
एनआईएले सोमबार लालकिला विस्फोट सम्बन्धमा एक आरोपितलाई दिल्लीस्थित अदालतमा पेस गरेको छ । आरोपित आमिर राशिद अलीलाई अदालतको अनुमति लिएर १० दिनका लागि न्यायिक हिरासतमा राखिएको छ ।
विस्फोटमा प्रयोग भएको कार आमिर राशिद अलीकै नाममा दर्ता रहेको पाइएको एनआईएले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण