नेपाल एयरलायन्सले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसके भैरहवा डाइभर्ट गर्ने
काठमाडौँ । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेका आफ्ना जहाजहरूलाई अब भारतका विमानस्थलमा डाइभर्ट गर्नुको सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गराउने निर्णय गरेको छ ।
निगमले आज गरेको निर्णय ३ गतेबाट लागु हुनेछ । खराब मौसम, प्राविधिक समस्या वा अन्य कुनै कारणले काठमाडौँमा जहाज अवतरण गर्न नसक्दा नेपाली वायुसेवा कम्पनीहरूले भारतको नजिकका विमानस्थलहरू लखनउ, पटना, प्रयोग गर्दै आएका थिए ।
अब यस्तो अवस्थामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल को रूपमा प्रयोग गरिने निगमले जनाएको हो ।
निगमका अनुसार अब डाइभर्ट हुँदा लाग्ने अनावश्यक खर्चमा उल्लेख्य कटौती हुनेछ भने यात्रु र उडान सञ्चालनका लागि लाग्ने समयको पनि बचत हुनेछ ।
यो निर्णयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमता प्रयोग गर्न पनि सहयोग पुग्ने विश्वास निगमले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण