यो कम्पनीको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज
मङ्गलबार, ०२ मङ्सिर २०८२, ०८ : ३४
सारांश
- नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौंको लुप नेटवर्कस् लिमिटेडको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ।
- प्राधिकरणले दूरसञ्चार ऐन २०५३ बमोजिम कात्तिक ३० गतेदेखि लागू हुने गरी अनुमतिपत्र खारेज गरेको हो।
- कम्पनीलाई ३० दिनभित्र तिर्नुपर्ने रकमका लागि सम्पर्क गर्न र नगरे कारबाही हुने प्राधिकरणको सूचना छ।
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँस्थित लुप नेटवर्कस् लिमिटेडलाई प्रदान गरिएको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज गरेको छ।
प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कात्तिक ३० गतेदेखि लागू हुने गरी अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको हो।
सूचनाअनुसार, २०७३–०४–०२ मा प्रदान गरिएको ‘इन्टरनेट ९इमेल सहित० सेवा’ र २०७९–०४–०४ मा प्रदान गरिएको ‘नेटवर्क सेवा प्रदायक’ को अनुमतिपत्र खारेज गरिएको छ।
साथै, प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न,बुझाउनुपर्ने रकमका सम्बन्धमा सूचना जारी भएको मितिले ३० दिनभित्र सम्पर्क गर्न सूचित गरेको छ। तोकिएको समयमा सम्पर्क नगरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण