विजयपुर पुलमा ग्रिडर लन्च गरिने, १० दिन ४ घण्टाका दरले राजमार्ग बन्द हुने
सारांश
- पोखराको विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने भएको छ।
- सडक बन्दको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ।
- पुल निर्माणका लागि प्रिकाष्ट र प्रि स्ट्रेस प्रविधिको प्रयोग गरिएको छ, र १५ वटा गर्डर बनिसकेका छन्।
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने भएको छ । पृथ्वी राजमार्गको पोखरा स्थित विजयपुर पुलमा ग्रीडर लन्च गर्न आंशिक र पूर्ण रूपमा सडक बन्द गर्न लागिएको हो ।
यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी साधनलाई आयोजनाले आग्रह गरेको छ । पुल निर्माणको लागि प्रिकाष्ट र प्रि स्ट्रेस प्रविधिको प्रयोग गरिएको छ ।
अहिले पुलमा गर्डरलगायतका संरचना निर्माण भइरहेको आयोजनाले जनाएको छ । १५ वटा गर्डर काष्टिङ भैसकेको बताइएको छ । तिनै गर्डहरूलाई निर्माणाधीन पुलमा ‘लञ्चिङ’ गर्नका लागि राजमार्ग बन्द गर्न लागिएको हो ।
योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक आंशिक र पूर्ण रूपमा बन्द हुनेछ । प्रत्येक ३० मिनेटमा जम्मा भएका गाडीलाई पास गर्ने गरी व्यवस्था मिलाइएको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण