रास्वपा बागमती प्रदेशका सभापति लामिछानेले आज स्पष्टीकरणको जवाफ दिने
सारांश
- रास्वपा बागमती प्रदेश सभापति डा.अच्युतम लामिछानेले स्पष्टीकरणको जवाफ दिने भएका छन्।
- पार्टी छोडेका नेताहरूलाई लिएर दिएको अभिव्यक्तिबारे उनलाई स्पष्टीकरण सोधिएको थियो।
- लामिछानेले पार्टी हित विपरीत अभिव्यक्ति दिएको आरोप लागेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बागमती प्रदेश सभापति डा.अच्युतम लामिछानेले मंगलबार स्पष्टीकरणको जवाफ दिने भएका छन् । रास्वपाका सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी छोडेप्रति आक्रामक अभिव्यक्ति दिएका कारण शनिबार पार्टीले लामिछानेलाई स्पष्टीकरण सोधेको थियो । २४ घण्टे स्पष्टीकरणको जवाफ आज दिने लामिछानेले बताए ।
‘पार्टीहित विपरीत अभिव्यक्ति दिएको विषयमा मलाई स्पष्टीकरण सोधेको हो । जवाफ दिएको छैन, आज बुझाउने तयारी गरेको छु । पार्टी छाडेर हिँड्नेहरूको विषयमा मैले मात्र होइन, शीर्ष नेताहरूले पनि अभिव्यक्ति दिएका छन्’, रातोपाटीसँग उनले भने ।
लामिछानेले एउटा गए सयौँ व्यक्ति पार्टीमा जोडिने खालको अभिव्यक्ति दिएका थिए ।
रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठले लामिछानेलाई कारबाही गर्ने हिसाबले स्पष्टीकरण सोधिएको नभई पार्टीको अनुकूल विपरीत किन अभिव्यक्ति दिएको भन्ने विषयमा सोधिएको बताए । स्पष्टीकरणको जवाफ आए वा नआएको विषयमा जानकारी नभएको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण