रविलाई भेटेपछि अमरेशले भने– सहकार्य र कार्यगत एकताको कुरा भएको छ
काठमाडौँ । पूर्व प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
मङ्गलबार ललितपुरस्थित नख्खु कारागारमा लामिछानेसँग सिंहले भेटवार्ता गरेका हुन् । भेटमा निर्वाचनमा सहकार्य र कार्यगत एकताबारे छलफल भएको सिंहले बताए । भेटमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसमेत सहभागी थिए ।
‘वर्तमान राजनीतिक अवस्था,जेनजी आन्दोलनपछिको अवस्था, जनतामा रहेको निराशा, र आगामी चुनौतीबारे कुराकानी भयो’, सिंहले भने, ‘देश र राजनीतिक पार्टीमाथि जनताको विश्वास कसरी कायम गर्ने भन्नेमा छलफल भयो ।’
त्यसक्रममा उनले जनताको विश्वास जित्न जनतामै जानुपर्ने निष्कर्ष निकालेको बताए । ‘त्यसका लागि जनतामै जानुपर्ने निष्कर्ष रहेको छ ।
'जनतामा देखिएको परिवर्तनको आवेगलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रमुख कुरा हो’, सिंहको भनाइ छ । उनले सभापति लामिछाने र वाग्लेसहितको छलफलमा आगामी दिनमा आफू र रास्वपाबिच सहकार्य र सहमतिमार्फत अघि बढाउँदै बदलिँदो परिस्थितिमा युवाहरूको सहभागिता बढाउनेमा दुई मत नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण